+
+

आँखुखोला जलविद्युत कम्पनीको ८ करोडको आइपीओ आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २३ गते १२:३३

IPO२३ असार, काठमाडौं । आँखु खोला जलविदुत कम्पनीले साधारण सेयर (आईपिओ)निष्कासन गर्ने भएको छ । आईपिओ निष्काशनका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका कम्पनीले ८ करोड रूपैयाँ बराबरको ८ लाख कित्ता सेयर साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीको समग्र वित्तीय अवस्था अध्ययन गरेर आईपिओ निष्काशनको अनुमति दिईने बोर्डले जनाएको छ । असार सकिन लागेकोले साउनमा मात्रै कम्पनीले सेयर निष्काशनका लागि अनुमति पाउने सम्भावना देखिन्छ ।

कम्पनीले धादिङ जिल्लाको लापा र सेर्तुङ गाविसमा तातोपानी खोला र म्यानचेट खोलालाई मिलाएर २५.४ मेगावाट विद्युत उत्पादन गर्नेगरी अायोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?