Comments Add Comment

अनौठो मन्दिर जहाँ मूर्तिबाट आउँछ चिसो हावा

titlagarh-temple-गर्मीयाममा जब बाहिरको वातावरण भतभती पोल्ने खालको हुन्छ यो ठाउँ भने चिसो बन्दै जान्छ । अन्त गर्मी बढ्दै जाँदा त्यहाँ भने ठण्डी बढ्दछ । तर यो चिसो वा ठण्डीको कारक तत्व कुनै एसी वा कुलर भने होइन ।

भारतको उडिसास्थित टिटलागढमा एउटा चमत्कारी शिव मन्दिर छ । भारतमा टिटलागढ भन्ने ठाउँ धेरै गर्मी हुने ठाउँका रुपमा चिनिन्छ । यहाँको चट्टानी पहाडमा तापक्रम बढेर ५५ डिग्रीसम्म पुग्दछ । तर सोही पहाडि क्षेत्रमा एउटा यस्तो मन्दिर छ जहाँ भने निकै चिसो हुन्छ ।

बाहिरको तपतपी पसिना चुहिने गर्मीबाट जब मन्दिर भित्र छिरिन्छ तब कुनै एसी चलाएजस्तै चिसो महसुस हुन्छ । तर त्यहाँ कुनै एसी वा कुलर छैनन् । उक्त मन्दिरभित्र रहेका शिव पार्वतीका मूर्तिहरुबाट चिसो हावा बहने र सोही कारण मन्दिर भित्रको वातावरण निकै चिसो बनिरहने विश्वास गरिन्छ ।

मन्दिरको ढोका लगाएर पुजारीले भित्र पुजा गरिरहँदा त चिसोले अत्याउँछ नै । पुजारीले कम्बल ओढेर पुजा गर्नुपर्छ ।
मन्दिर भित्रको चिसो हावाको यथार्थ रहस्य अहिलेसम्म पत्ता लाग्न भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment