Comments Add Comment

तीन लघुवित्तको सवा ८ करोडको आइपीओ आउँदै

IPO२३ असार, काठमाडौं । साधारण सेयर (आइपीओ)मा लगानी गर्न उत्सुक लगानीकर्ताहरुका लागि खुसीको खबर । निकट भविष्यमै तीन वटा लघुवित्त कम्पनीले ८लाख २० हजार कित्ता आइपीओ निष्काशन गर्दैछन् ।

तीनवटै कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशनको अनुमति पाइसकेका छन् । जसअनुसार ती कम्पनीहले ढिलोमा आगामी साउन मसान्तसम्ममा आइपीओ निष्काशन गरिसक्नेछन् ।

नेशनल माइक्रोफाइनान्सले गत जेठ २४ गते धितोपत्र बोर्डबाट प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ३ लाख कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाइसकेको छ ।

धादिङगको सदरमुकाम धादिङगबेशीमा मुख्य कार्यालय रहेको यो कम्पनीले एनआइबिएल क्यापिटल मार्केट्सलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ छ । आइपीओ जारी गरेपछि चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै, गत असार १४ गते सुर्योदय लघुवित्तले धितोपत्र बोर्डबाट १ लाख २० हजार आइपीओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई नियुक्ती गरेको छ ।

स्याङ्जाको पुतलीबजारमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी २ करोड ८० लाख रुपैंया छ । आईपीओ निष्काशनपछि चुक्ता पुँजी ४ करोड रुपैंया पुग्नेछ ।

त्यस्तै, आरडीसी लघुवित्तले पनि असार १७ गते धितोपत्र बोर्डबाट ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल छ ।

रुपन्देहीको बुटबलमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । आइपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

पछिल्लो समय आपीओमा सर्वसाधारणको अत्यधिक आकर्षण बढेको छ । कम्पनीले मागेभन्दा अत्यन्तै बढी माग आवेदन पर्ने गरेको छ । पछिल्लो समय दिब्येश्वरी हाइड्रोपावरले ४ करोड रुपैयाँको आइपीओ जारी गर्दा ७५ गुणा बढी माग आवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment