Comments Add Comment

क्यानडाको टोरोन्टोमा नेपाली नृत्य र लोक धून

Canada-Culture

टोरन्टो, क्यानाडा । क्यानाडाको टोरोन्टोको नर्थ योर्कमा प्रत्येक बर्ष संचालन गरिने ‘ग्लोबल भिलेज फेस्टिवल’ मा नेपाली नृत्य र लोक धून आकर्षणको केन्द्र बनेको छ ।

मेलामा नेवाःगुठीका युवा सदस्यहरुले ‘सय थरि बाजा एउटै ताल’ गीतमा विभिन्न भौगोलिक क्षेत्रको भेषभुषामा सामुहिक नृत्य प्रस्तुत गर्दा विदेशी दर्शकहरुको भीडका कारण आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो ।

नेपालका प्रसिद्ध मादलबादक सानुराजा महर्जन, उत्तम माकजु, प्रदीप बाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपाली लोकधूनहरु प्रस्तुत गरिरहँदा दर्शकहरु रमाएर नाचेको दृश्य हेर्नलायकको थियो ।

दुई दिनसम्म सञ्चालन भएको यस मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल बुथ स्थापना गरी नेपाल सम्बन्धि सूचनाहरु प्रवाह गरिएको थियो ।

Canada-Culture1

नेपाली लोकधूनको प्रस्तुतिपछि गुठीका महिला सदस्यहरु मौसम ताम्राकार र श्रीजा माथेमालाई नेपालबारे जानकारी दिनहम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमा जहिदले समेत नेपाल बुथको अबलोकन गरी नेपालबारे जानकारी लिएपछि नेपालको थप प्रचार भएको थियो । अर्का सांसद ग्यांगतानले नेपाल क्यानडा मैत्री संघ स्थापना गर्नुपर्नेमा जोड दिएपछि नेपाली टोली थप हौसिएको छ ।

नेपाली तथा नेवा संस्कृति सम्बर्द्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमा गत १० बर्ष अगाडि स्थापित गैरनाफामुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा यस नेपाली कार्यक्रम आयोजना गरिएको थियो भने बिभिन्न मुलुकका कलाकारहरुले पनि आ-आˆनो मुलुकको संस्कृति झल्काउने प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment