Comments Add Comment

झोलिलो खान थाले शशांकले

२५ असार , काठमाडौं । स्वास्थ्यमा सुधार आउन थालेपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले झोलिलो खानेकुरा खान थालेका छन् ।

Shasank-Koiralaअचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका डा.कोइरालाको स्वास्थ्य बुधबार बिहानपखदेखि झन् जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

स्वास्थ्यमा सुधार आएपछि बिहीबारदेखि भेन्टिलेटरबाट हटाइएका डा. शशांकले चिकित्सकको निगरानीमा जुसलगायत झोलिलो खान थालेको उपचारको नेतृत्व गरिरेहका डा. लवनरसिंह जोशीले बताए ।

सुतिरहेका बेला बान्ता गर्दा सर्किएर फोक्सोमा परेपछि डा. शशांकका महत्वपूर्ण अंगहरुले काम गर्न सकेका थिएनन् । निरन्तर विशेषज्ञको उपचारपछि उनको स्वास्थ्य २४ घन्टामै सुधार आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment