Comments Add Comment

ट्राफिक जाममा फसे लाखौं मानिस, १२ को मृत्यु

trafficjam_indonesiya२५ असार, काठमाडौं । इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ ।  पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ ।

जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सावरी साधनको जाममा लाखौं मानिस फसेका हुन् ।

इन्डोनेशिया ट्राफिक विभागका अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ को मृत्यु भएको हो ।

trafic_jam_indonesiya]इन्डोनेशियाका सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा बृद्धबृद्धाको संख्या बढी छ, जसको सवारी साधन जाममा फस्दा तातेको थियो ।

जबकी एक बच्चीको मृत्यु सवारीसाधनबाट निक्लिएको विषाक्त ग्यासका कारण भएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment