Comments Add Comment

नयाँ कार्यसमिति चयन गर्न सर्वोच्च बारको मतदान आज

Sarboccha-Adalat२५ असार, काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

पाँच पदाधिकारीसहित १५ नयाँ कार्यसमितिका लागि निर्वाचन  सुरु भएको निर्वाचन समितिका संयोजक राजु बस्नेतले जानकारी दिए ।

निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र पेसागत, प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवम् समावेशी कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने हुँदैछ ।  निर्वाचन अपराह्न २ बजे सम्पन्न हुने र ३ बजेदेखि मतगणना हुने संयोजक बस्नेतले बताए ।

आज साँझ ७ बजेसम्म मतगणना सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ । बारको परिसरमा हुने निर्वाचनमा कुल मतदाता ५८० छन् ।

प्रगतिशील समूहको प्रतिनिधित्व अधिवक्ता रामप्रसाद भण्डारीले तथा लोकतान्त्रिक पक्षको प्रतिनिधित्व शैलेन्द्रकुमार दाहालले गरेका छन् ।

प्रगतिशील समूहका उपाध्यक्षमा नारायणप्रसाद प्रसाईं, सचिवमा रामबहादुर थापा, सहसचिवमा अञ्जु उप्रेती ढकाल र कोषाध्यक्षमा जगतबहादुर कार्की उम्मेदवार रहनुभएको छ । त्यस्तै सदस्यमा लक्ष्मी पोखरेल, मोहम्मदशेख अब्बास, राम राउत, धीर्जराज पोखरेल, सन्तकुमार बास्कोटा, द्रोणप्रसाद दाहाल, हरिबहादुर कार्की, श्रुतिकुमारी रेग्मी, पुष्पराज पौडेल र श्रवणकुमार चौधरी छन् ।

लोकतान्त्रिक समूहका उम्मेदवारमा उपाध्यक्षमा धर्मराज रेग्मी, सचिवमा विष्णु लुइँटेल, सहसचिवमा अमिता दीक्षित, कोषाध्यक्षमा दयाराम हुमागार्इं उमेदवार रहेका छन् । सो समूहबाट सदस्यमा शर्मिला श्रेष्ठ, गीता अर्याल, नारायणप्रसाद भट्टराई, पूर्णिमा रिमाल गुरागार्इं, सुरेशकुमार पौडेल, रामेश्वर पोखरेल, अवतार न्यौपाने, रामकृष्ण भण्डारी, राजेन्द्रप्रसाद साह र रमेश महर्जन उमेदवार छन् ।

दुवै समूहले कानुन व्यवसायलाई मर्यादित एवम् स्वच्छ व्यवसायका रुपमा प्रवद्र्धन तथा स्थापित गर्दै सामाजिक मान, प्रतिष्ठा अभिवृद्धि गर्ने, बारलाई वास्तविक अर्थमा सर्वोच्च र गरिमायुक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment