Comments Add Comment

पर्यटकीयस्थल चिसापानी लेक पुग्ने पदमार्ग बन्यो

hiking-trekking
२५ असार, फलेवास (पर्वत) । यहाँको एक प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल चिसापानी लेक पुग्ने पदमार्ग निर्माण भएको छ । समुद्री सतहदेखि झन्डै दुईहजार ३०० मिटरको उचाइमा अवस्थित पर्वतको लुङ्खुदेउरालीमा रहेको चिसापानी लेकमा पुग्ने पदमार्ग निर्माण गरिएको हो ।

पर्यटन कार्यालय पोखराको १० लाख सहयोग र दुई लाख रूपैयाँ बराबरको स्थानीयवासीको श्रमदानमा पदमार्ग निर्माण सम्पन्न भएको हो । चैतदेखि सुरु भएको निर्माणकार्य यसै साता सम्पन्न भएको चिसापानी महासीला पर्यटन पूर्वाधार क्षेत्र विकास कार्यक्रमका अध्यक्ष जीवन ठकुरीले जानकारी दिए ।

जिल्लाको उच्चस्थानमा अवस्थित चिसापानी लेकमा बाइसे चौबिसे राज्यका पालामा निर्माण भएको कालिका मन्दिर रहेको छ । स्थानीयवासी ठकुरी वंशजले स्थापना गरेको उक्त मन्दिरको धार्मिक एवम् ऐतिहासिक पृष्ठभूमिका कारण पश्चिमाञ्चल क्षेत्रमै प्रख्यात रहेको छ ।

उक्त क्षेत्रको प्रवद्र्धनका साथै दक्षिण क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई चिसापानी लेकमा पुग्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको अध्यक्ष ठकुरीले बताए ।

चिसापानी महासीला पर्यटन पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत तयार गरिएको गुरुयोजनाको पहिलो चरणमा पदमार्ग निर्माण गरिएको हो । घना जङ्गलको बीचमा रहेको उक्त चिसापानी लेकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुरुयोजना निर्माण गरी काम गरिएको बताइएको छ ।
त्यसैगरी भ्यू टावर निर्माण, कालिका मन्दिरको पुनःनिर्माण, जैविक विविधताको संरक्षण तथा प्रवद्र्धन, लोपोन्मुख प्रजातिका जडीबुटी संरक्षण अभियान पनि सुरु भएको छ ।

तीन करोडको गुरुयोजना अन्तर्गत आगामी आर्थिक वर्षमा अन्य भौतिक पूर्वाधार निर्माणका काम गरिने बताइएको छ ।

चिसापानी लेकवाट पर्वत सदरमुकाम कुश्मा बजारलगायत झन्डै तीन दर्जन गाविस, पाल्पाको श्रीनगर, गुल्मी, स्याङ्जा, बागलुङ र म्याग्दी जिल्ला सदमुकाम प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ ।

त्यस्तै अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी लगायतका झन्डै एक दर्जन हिमशृृङ्लासमेत देख्न सकिन्छ । बिहान सूर्योदय र साँझको सूर्यास्त हेर्नका लागि पनि आन्तरिक तथा बाह्य पर्यटक चिसापानी लेकमा पुग्ने गरेको अध्यक्ष ठकुरीले जानकारी दिए ।

सोसँगै विश्वकै ठूलो महासीला रहेको लङ्ंखुदेउरालीमा महासीला परिक्रमा गर्नका लागि बाटो पनि निर्माण गरिएको छ । जिल्ला विकास समिति पर्वतको रु एक लाख सहयोगमा महासीला परिक्रमा मार्ग निर्माण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment