Comments Add Comment

सौगात र झमक सम्मानित

ghamak ghimire sammanit
विश्वकै कान्छा निर्देशकको उपाधी पाएका सौगात विष्ट सम्मानित भएका छन् । ‘हैरान’ नाम राखेर दोस्रो चलचित्र बनाउने तयारीमा रहेका सौगातलाई काठमाडौमा आयोजित एक कार्यक्रममा ‘सहयोगी महिला समुदाय नेपाल’ले सम्मान गरेको हो ।

सोही कार्यक्रममा साहित्यकार झमक घिमिरेलाइ पनि सम्मान गरिएको थियो । भूकम्प पीडित वालवालिकाको शैक्षिक सहयोगार्थ गरिएको साँस्कृतिक कार्यक्रममा अन्य कलाकारहरु कोमल वली, प्रमोद खरेल, हरि बहादुर राउत लगायतलाई गृहमन्त्री शक्ति बहादुर बस्नेतले सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न गीत संगीत एवं नृत्य प्रस्तुत गरिएको थियो ।

सहयोगी महिला समुदाय नेपालले अहिले चार वालवालिकालाई शैक्षिक सहयोग उपलब्ध गराएको जानकारी दिंदै कार्यक्रम संयाेजक प्रेज्ना  बस्नेतले कार्यक्रमवाट उठेको रकम दोलखाका भूकम्प पीडित वालवालिकालाई उपलब्ध गराउने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment