Comments Add Comment

२ सय वर्षपछि मानिस भगवान बन्ने इतिहासकारको दाबी

ram_godधर्मग्रन्थ तथा लोककथाहरुमा समेत मानिस भगवान बनेका विभिन्न सन्दर्भहरु अवश्य सुन्नुभएकै होला । त्यस्ता किम्वदन्तीहरु काल्पनिक मात्र हुन् भन्ने कुरा पनि भनिरहनु नपर्ला ।

आखिर मानिस कुनै काल्पनिक पात्र अर्थात्  भगवान बन्ने भन्ने कुरा कल्पनाको विषय बाहेक केही होइन । तर यो पढ्दा तपाइँलाई अचम्म लाग्नसक्छ की अबका केही वर्षपछि मानिस भगवान बन्नेछ ।

एकजना इतिहासकारका अनुसार केही वर्षपछि  मानिसमा भगवान बन्ने तागत पलाउनेछ । २ सय वर्षपछि मानिसले आफुमा दैवी शक्ति जुटाउने ती इतिहासकार बताउँछन् ।

यति मात्र होइन मानिसले पैसा खर्च गरेर आफ्नो सरीरको संरचना आफुले चाहेजस्तो बनाउन तथा बिगार्न पनि सक्नेछन् ।
पैसाकै शक्तिलाई उपयोग गरेर मानिसले मृत्युलाई पनि काबुमा लिने र जति चाह्यो उति बाँच्ने दाबी ती इतिहासकारको छ ।

इजरायलको जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका इतिहासकार युवल नोह हरारीका अनुसार अबको २ सय वर्षपछि पैसावालहरु अाफुलाई आफुले चाहेको लामो समयसम्म जिउँदै राख्न सक्नेछन् ।

बायोटेक्नोलोजी तथा जेनेटिक इन्जिनियरिंगका माध्यमबाट यस्तो चमत्कार हुने दाबी इतिहासकारको छ । यसको खर्च निकै धेरै हुनेछ । यस्तोमा पैसावाल मानिसहरु पैसाले नै जिवन तथा मृत्युलाई काबुमा राख्नसक्ने हरारीको दाबी छ ।

उनका अनुसार २ सय वर्षपछि आधुनिक मानिस यति सक्षम हुनेछ की बायोटेक्नोली तथा जेनेटिक इन्जिनियरिंगको प्रक्रियाका माध्यमबाट ऊ भगवान जत्तिकै शक्तिशालीहुनेछ वा उसमा दैवी शक्ति हासिल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment