Comments Add Comment

फरक क्षमताका वियोगलाई घोष्ट राईटिङको सहयोग

biyog sapkotaकाठमाडौं । वियोग सापकोटा फरक क्षमता छन् । उनी राम्रो बोल्न सक्दैनन । हिँडन सक्दैनन । साहित्यिक क्षमता भने प्रशस्त छ । दिमागमा साहित्य फुरिरहन्छ । तर भनेको बेला लेख्न पाउदैन । किनकि उनको कलम चल्दैन ।

उनी रेडियो सुुन्छन् । पत्र पत्रिका पढेर सुनाउन लगाउछन । लेख्न खोजिहाल्छन । तर, सक्दैनन् अनि छोरी एलिनालाई लेख्न लगाउछन् ।

इटहरिमा बस्दै आएका वियोग सापकोटालाई घरमै गएर घोष्ट राईटिंग नेपालले लेखनवृत्ति दिएको छ । घोष्टराईटिंग नेपालका अध्यक्ष कमल ढकालले कवि वियोग सापकोटामा भएको सिर्जनशिलता मर्न नदिन उनले लेखेका सबै पुुस्तकहरु प्रकाशन गर्ने र त्यसबापत रोयल्टि समेत दिने बताए । उनले वियोगको परिवारलाई २५ हजारको चेक समेत हस्तान्तरण गरे ।

कार्यक्रमका प्रमुुख अतिथि प्राध्यापक डक्टर टंक न्यौपानेले यस्तो खालको साहित्यिक प्रोत्साहनले सबै लेखकलाई खुुशीको खवर ल्याएको बताए । कार्यक्रममा कवि अनिल पौडेलले वियोग सापकोटासंग शारिरिक दुुर्वलता देखिएपनि अथाह साहित्यिक क्षमता भएको बताए ।

वियोगकी छोरी एलिनालाई प्रति महिना दुुईहजार पारिश्रमिक हुने गरि संस्थाले पच्चिस हजारको चेक हस्तान्तरण गरेको थियो ।

वियोगको लेख रचनाबारे मोनिटरिग गर्न तीन सदस्यिय कमिटी पनि बनाईएको छ । कमिटीमा लेखनाथ घिमिरे , प्राडा भिम खतिवडा र कवि ईरान राई रहेका छन । प्रत्येक महिना तीन सदस्यीय कमिटीले वियोगको रचना हेरेर पुुर्नमुुल्यांकन गर्ने समितिका सभापति लेखनाथले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment