Comments Add Comment

प्रधानमन्त्रीमा कांग्रेसको दाबी

Arjun narshing KC (3)२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफूले लिनुपर्छ भन्ने बहस सुरु भएको छ ।

यसका लािग ठोस निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बताए ।

‘सरकारबाट माओवादी बहिरगमनपछि वर्तमान सरकार रंसदमा अल्पमतमा परेको छ’, केसीले भने, यस अवस्थामा कांग्रेस र माओवादीकै बीचमा सहमति भएर नयाँ सरकार बन्ने हो । उनले बहुमता रहेको सरकार अल्पमतमा परेपछि स्वतः अपदस्थ हुने संसदीय परम्परा रहेको उल्लेख गरे ।

यस अवस्थामा सबैभन्दा ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्नु स्वभाविक हुने बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कांग्रेस ठूलो दल हो, नेतृत्वको दाबी स्वभाविक रुपमा गर्छ तर अहिलेको वस्तुस्थितिलाई हेरेर हामी वैकल्पिक नेतृत्व पनि स्वीकार गर्न सक्छौं, नेता केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment