Comments Add Comment

केसीको समर्थनमा एसएमएस अभियान

govinda kc२९ असार, काठमाडौं । चार बुँदे भाग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको पक्षमा समर्थन जुटाउन एसएमएस क्याम्पियन सुरु भएको छ ।

पहिलो चरणमा सांसदहरुलाई मोबाइ एसएमएस गर्दै समर्थन टुटाउने अभियान सञ्चालन गरिएको हो । मुलक बचाऔं तपाइै केसीको पक्षमा की भ्रष्टाचारको ? छनोट गर्नुहोस् भन्दै मंगलबार सांसदहरुलाई मोबाइलबाट एसएमएस पठाइ सहयोगीले क्याम्पियन जारी राखेका आजको राजधानी दैनिकमा समाचार छ ।

मंगलबार दिनभर सांसदहरुलाई एमएमएस गरेका समर्थकले विभिन्न संघसंस्था तथा व्यक्तिलाई पनि एसएमएस गर्ने तयारी थालेका छन् ।

मेडिकल क्षेत्रको सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै आइतबार सुरु भएको उनको अनशन तेस्रो दिन पनि जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment