Comments Add Comment

कमल थापाले भने- सरकार आउने जाने भइरहन्छ

परराष्ट्र र स्थानीय विकास मन्त्रालयले नीतिगत निर्णय नगर्ने

Kamal-Thapa

२९ असार, काठमाडौं । उपप्रधानमन्त्री कमल थापाले परराष्ट्र र स्थानीय विकास मन्त्रालयमा कुनै पनि नीतिगत निर्णयहरु नगर्ने बताएका छन् ।

बुधबार परराष्ट्र मन्त्रालय र स्थानीय विकास मन्त्रालयका सचिव एवं उच्च सरकारी अधिकारीलाई बेग्लाबेग्लै भेला गराएर मन्त्री थापाले ‘विदाइ भेट’ गरे ।

उपप्रधानमन्त्री थापाले परराष्ट्र र स्थानीय विकास दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

कर्मचारीसँग विदाइ भेटका अवसरमा मन्त्री थापाले सरकार आउने-जाने भइरहनु सामान्य भएको बताए । आफूले मन्त्रालयमा काम गर्दा सहयोग पुर्‍याएको भन्दै मन्त्री थापाले कर्मचारीहरुलाई धन्यवादसमेत दिए ।

अब सरकार परिवर्तन हुने अवस्था देखिएको र माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा मन्त्रालयमा आए पनि आफूले कुनै पनि नीतिगत निर्णय नगर्ने थापाले कर्मचारीहरुलाई जानकारी दिए ।

विदाइ भेटका अवसरमा दुबै मन्त्रालयका सचिवहरुले राम्रो नेतृत्व पाएको भन्दै कमल थापाको प्रशंसा गरे ।

राप्रपा नेपालको बैठक

यसैवीच मन्त्रालयमा कर्मचारीहरुसँग विदाइ भेट गरेपछि थापा आफ्नो पार्टीको बैठकमा जुटेका छन् ।

सिंहदरबारस्थित राप्रपा नेपाल दलको कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment