Comments Add Comment

महाराजगञ्जमा खुल्यो बानथाई रेष्टुरेन्ट

_MG_9123
२९ असार, काठमाडौं । राजधानीको महाराजगञ्जमा बुधबारदेखि बानथाई रेष्टुरेन्टको शाखा सञ्चालनमा आएको छ । रेष्टुरेन्टमा टिपिकल थाई फुडमात्र खान पाइन्छ ।

दरबारमार्गमा लामो समयदेखि बानथाई रेष्टुरेन्ट सञ्चालनमा छ । यसैको दोस्रो शाखाका रुपमा महाराजगञ्जको अमेरिकन एम्बेसी अगाडि नयाँ रेष्टुरेन्ट खोलिएको हो । नेपालमा थाई फुडको माग बढ्दै गएपछि बानथाईको शाखा विस्तार गरेको सञ्चालक गणेश ढकालको भनाई छ ।

रेष्टुरेन्टमा सुलभ मूल्यमा गुणस्तरीय हेल्दी थाई खाना खुवाइने छ । थाई खानका लािग चाहिले सबै सामान थाइल्यान्डबाट ल्याउने गरेको सञ्चालक ढकालले बताए । त्यस्तै, भक्तपुरमा रहेको आफ्नै अर्गानिक फार्ममा उत्पादित तरकारी रेष्टुरेन्टमा प्रयोग हुन्छ ।

नयाँ रेष्टुरेन्टमा १४० जनाले एकैसाथ थाई स्वाद लिन सक्नेछन् । साथै, रेष्टुरेन्टमा ४ वटा मिटिङ रुमहरु पनि रहेका छन् । पार्किङको राम्रै सुविधा छ । रेष्टुरेन्टमा २४ वटा गाडी पार्किङ गर्न सकिने ढकालले बताए ।

IMG_5189

रेष्टुरेन्टको खनाको मेनु धेरै महंगो छैन् । न्यूनतम १८० देखि अधिकतम १५०० रुपैयासम्मका खानाका परिकारहरु रेष्टुरेन्टमा उपलब्ध छ ।

ढकालले दरबारमार्गमै रोयल थाई अष्ट्रिच रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् । उनको नयाँ बानेश्वर चोकमा अर्को थाई रेष्टुरेन्ट सञ्चालनमा छ । तीनकुनमा सञ्चालित रोयल ब्याङ्क्वेटमा पनि उनको लगाी छ ।

‘पछिल्लो समय कतिपय होटल तथा रेष्टुराँ बन्द भइरहेका बेलामा मैले भने व्यापार भन्दा सेवा दिने हिसावले बानथाई रेष्टुरेन्टको शाखा विस्तार गरेको हुँ’ ढकालले भने– ‘अहिलेसम्म ग्राहकहरुले गरेको मायाँका कारण यो स्थानसम्म आइपुगेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment