Comments Add Comment

फिफा बरियातामा नेपाल ६ स्थान खस्कियो

३० असार, काठमाडौं । विश्व फुटबल महानसंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने फिफा बरियातामा नेपाल ६ स्थान तल झरेको छ । नेपाल १८८औं स्थानमा पुगेको छ ।

Fifaफिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा यसअघि १८३औं स्थानमा रहेको नेपाल ६ स्थान खस्कँदै १८८औं स्थानमा पुगेको हो ।

दक्षिण एशियामा भारत १५२औं स्थानमा उक्लिएको छ । उसले एकैपटक ११ स्थान सुधार गरेको हो । विश्वकप छनौटको दोस्रो चरणमा भारतले यसै महिना लाओसलाई पराजित गरेको थियो ।

भारतपछि दक्षिणएशियामा माल्दिभ्स १७४औं स्थानमा यथावत छ भने २ स्थान खस्किएको बंगलादेश १८३औं स्थानमा छ । बरियातामा नेपालपछि भुटान, श्रीलंका र पाकिस्तान छन् । उनीहरुको क्रमसः १९२, १९३ र १९४औं स्थानमा छन् ।

युरो २०१६ फुटबल प्रतियोगिता सकिएपछि पहिलो पटक सार्वजनिक गरिएको बरियाताक्रमको शीर्ष स्थानमा अर्जेन्टिना यथावत रहँदा बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमसः दोस्रोदेखि पाचौं स्थानमा छन् ।

युरो च्याम्पियन पोर्चुगल २ स्थान सुधार गर्दै छैटौं स्थानमा छ भने १० स्थान सुधार गरेको युरो फाइनलिष्ट फ्रान्स सातौं स्थानमा उक्लिएको छ । २/२ स्थान तल झरेर स्पेन र ब्राजिल क्रमसः आठौं र नोवौं स्थानमा छन् । दुई स्थान सुधार गरेको इटली १०औं स्थानमा उक्लिएको छ ।

युरोकपको सेमिफाइनलिष्ट वेल्सले १५ स्थान सुधार गर्दै ११औं बरियातामा उक्लिएको छ । क्रोएशियाले पनि १२ स्थान सुधार गरेर १५औं स्थानमा आएको छ । युरोको बिशाल अण्डरडग टोली आइसल्याण्डले पनि १२ स्थान सुधार गर्दै बरियाताको २२औं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment