Comments Add Comment

‘झुम्की’मा मलिनाको यस्तो लुक, भदौ महिना हुनेछ विशेष

malina joshi
भदौ महिना नायिका तथा पूर्व मिस नेपाल मलिना जोशीका लागि विशेष छ । भदौ ९ गते उनी अभिनित चलचित्र ‘झुम्की’ र भदौ १७ गते उनी अभिनित अर्को चलचित्र ‘द विनर’ रिलिज हुँदैछ ।

यी दुबै चलचित्र चलेको खण्डमा मलिना ‘मिस नेपाल’मा जस्तै चलचित्रमा पनि सफल हुने छिन् । मलिनाको चर्चा चलचित्रमा अभिनय र स्टारडम भन्दा पनि नायक अनुपविक्रम शाहीसँगको प्रेमले बढी भयो । तर, अब भने यी सुन्दरी अनुपसँग अलग भैसकेकी छिन् ।

मलिनालाई निर्देशक अपिल बिष्टले चलचित्र ‘झुम्की’बाट लुकाएका थिए । तर, चलचित्रको छायांकनको अन्तिम दिन उनको लुक सार्वजनिक गरिएको छ । चलचित्रको अहिले पोष्ट प्रोडक्शनको काम भैरहेको छ ।

मलिना यो चलचित्रमा एक थारु यूवतीको भूमिकामा देखिन लागेको तस्बिरले नै प्रष्ट पार्छ । चलचित्रको शीर्ष भूमिकामा भने रीश्मा गुरुङले काम गरेकी छिन् जसलाई दयाहाङ राई र मनोज आरसीले साथ दिएका छन् ।

मलिनाको भूमिकालाई आजसम्म पर्दामा दर्शकले खुलेरै तारिफ गरेका छैनन् । उनको ‘झुम्की’ गेटअपले भने चर्चा पाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment