Comments Add Comment

पर्यटकीय होटल खोल्न राष्ट्र बैंकद्धारा पुनरकर्जाको व्यवस्था

Hotel Darcy's Butwal
फाइल तस्बीर ।

३० असार, काठमाडौं । पर्यटकीय सम्भावना भएका ठाउँमा स्तरीय होटल खोल्नका लागि सरकारले साधारण पुनरकर्जा उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले आगमी वर्षको मौद्रिक नीतिमार्फत पर्यटकीय होटल खोल्न पुनरकर्जा उपलब्ध गराउन लागेको जनाएको छ ।

पर्यटीय सम्भवना भएर पनि तुलनात्मक रुपमा विकास हुन नसकेका स्थानमा सुविधा सम्पन्न होटल खोल्न चाहानेले पुनरकर्जाको सुविधा पाउनेछन् । लगानीकर्तालाई पुनरकर्जा कति प्रतिशत ब्याजमा उपलब्ध गराउने भन्ने विषयमा भने मौद्रिक नीति मौन छ ।

खासगरी पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, हलेसी, लाङटाङ, स्वर्गद्धारी, माथिल्लो मुस्ताङ, गढीमाई,  जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा होटल खोल्नेले पुनरकर्जा पाउनेछन् ।

यी क्षेत्रमा प्रशस्त पर्यटकीय सम्भवना भएपनि पर्यटन विकास हुन सकेको छैन । सुविधायुक्त होटलहरु खुलेमा यी क्षेत्रमा पर्यटकको आकर्षण बढ्ने विश्वासमा राष्ट्र बैंक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment