Comments Add Comment

छोरी बलात्कार गर्नेलाई अठार वर्ष कैद

Jail Logo३१ असार, म्याग्दी । जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय र रु २५ हजार जरिवाना तिराउने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रामप्रसाद शर्माको बिहीबार बसेको इजलासले हाडनाता करणी गरेको अभियोग लागेका पाखापानी गाविसका ती व्यक्तिलाई सो सजायको फैसला सुनाएको हो ।

अदालतले गरेको फैसलाअनुसार निजलाई जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ वर्षकी आफ्नै छोरीलाई हाडनाता करणी गरेको विषयमा उजुरी परेपछि प्रहरीले गत वैशाख २९ गते निजलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment