Comments Add Comment

मेलिनाको स्वरमा ‘अभिनय’

melina rai
गीतकार भरत सुवेदीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत र गायिका मेलिना राइको आवाजमा समावेश ‘अभिनय’ बोलको गीतको म्यूजिक भिडियो तयार पारिएको छ ।

गायिका राई अहिले चलचित्रदेखि आधुनिक गीत गायनमा चर्चित बन्दै गएकी छिन् । नेपालमा पाश्र्व गायिकाको अभाव भैरहँदा मेलिनाले धेरै गीतमा आफ्नो स्वर दिइसकेकी छिन् ।

सीडीएम म्यूजिक क्रियशनले बजारमा ल्याएको यो गीतको भिडियोको छायांकन कोरियाका विभिन्न स्थानमा गरिएको हो । भिडियोमा दिपल सारु, चाँदनी घले, सुयान सत्यालको मोडलिङ छ । नरेन श्रेष्ठले छायांकन गरेको भिडियोलाई रमेश जंग थापाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment