Comments Add Comment

ह्वीप उल्लंघन गर्दै ढेड दर्जन कांग्रेस सांसद विदेश सयरमा

१ साउन, काठमाडौं । पार्टीले वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर राजधानीबाहिर नजान हृवीप जारीगरेकै बेला कांग्रेसका डेढ दर्जन सांसद विदेश सयरमा निस्किएका छन् ।

Congress-Flagकांग्रेस संसदीय दलले गत असार १३ गते नै हृविप जारी गर्दै भूकम्पपीडितको घर निर्माण र बाढीपहिरो प्रभावित जनताको समस्यालगायत महत्वपूर्ण विषय छलफलमा रहेको भन्दै असार १४ गते बस्ने संसदको बैठकमा र समितिमा अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो । अाजको अन्नपूर्णमा समाचार छ ।

तर त्यसको उल्लंघन गर्दै ती सांसदहरु कुने महत्व नभएका कार्यक्रमका लागि विदेश भ्रमणमा गएका छन् । सांसदहरु पार्टीसँग परामर्श नगरी हृविप उल्लंघन गर्दै विदेश गएपछि शुक्रबार मुख्य सचेतक चीनकाजी श्रेष्ठले साउन २ गतेभित्र विदेशमा भएका सबैलाई नेपाल फर्किन अर्को हृविाप जारी गरेका छन् ।

धनराज गुरुङ, सीता गुरुङ, राजु थापा लगायतका अन्य १० सांसदहरु विदेश भ्रमणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment