Comments Add Comment

ललितपुरमा विवाह समारोहमा तरबार र गोली चल्यो

१ साउन, काठमाडौं । अंग्रेजी र लोकदोहोरीमध्ये कुन गीत बजााउने भन्ने विवादमा ललितपुरको देवीचौरमा बिहीबार राति गोली चलेको छ ।

Bharuwa-Bandukवैवाहिक कार्यक्रममा एउटै गाउँ वरपरका आफन्त भए पनि गीत बजाउने निहुँमा भरुवा बन्दुक पड्कँदा स्थानीय प्रवेश तामाङ घाइते भएका छन् ।

देवीचौरका मनिक थिङले प्रवेशलाई भरुवा बन्दुक प्रहार गरेका थिए । दोहोरो भिडन्तमा सोनाम तामाङ  र सूर्य तामाङसमते घाइते भएको अाजको अन्नपूर्णमा समाचार छ ।

मनिकाको मूहका राजकुमार थिङ, विशाल थिङ र अमित थिङलगायतले तरबारसमेत प्रहार गरेका थिए । प्रहरी टोलीले घटनामा प्रयोग भएको एक थान भरुवा बन्दुक, एक थान तरबारसहित २० जनालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment