Comments Add Comment

कोरियामा ७ प्रतिशतले बढ्यो न्युनतम् तलव, नेपाली कामदारको १ लाख ३० हजार पुग्ने

korea
तलव वृद्धिको निर्णय सुनाउँदै अध्यक्ष सोङ

१ साउन, काठमाडौं । रोजगार अमुनति प्रणाली (इपीएस)मार्फत कोरिया पुगेका विदेशी कामदारको न्युनतम् तलवमा वृद्धि हुने भएको छ । सन् २०१७ देखि लागू हुने गरी कोरियामा इपीएस प्रणालीबाट गएका कामदारको न्युनतम तलव १ लाख ३० हजार रुपैयाँ तय गरिएको हो ।

कोरियाको श्रम मन्त्रालय अन्तरगतको पारिश्रमिक निर्धारण परिषद्ले इपीएस कामदारको तलवामा ७ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । अब यही प्रणालीमार्फत भाषा परीक्षा पास गरेर गएका नेपालीको पनि न्युनतम् तलवमा वृद्धि हुने कोरियाहेराल्ड डटकमले जनाएको छ ।

नयाँ तलव लागू भएपछि २ महिनाको २ सय ९ घण्टा काम गर्ने कामदारले न्युनतम १३ लाख ५२ हजार अवन अथार्त १ लाख ३० हजार रुपैयाँसम्म हात पार्नेछन् ।

अहिलेको घण्टाको ६ हजार ३० वन पाउँदै आएका कामदारले अब प्रतिघण्टा ६ हजार ४ सय ७० वन अर्थात करिब ६ सय रुपैयाँ पाउने छन् । नयाँ तलव लागू भएपछि २ महिनाको २ सय ९ घण्टा काम गर्ने कामदारले न्युनतम १३ लाख ५२ हजार अवन अथार्त १ लाख ३० हजार रुपैयाँसम्म हात पार्नेछन् ।

पारिश्रमिक निर्धारण समितमै ज्याला बढाउने नबढाउने षियमा मत बाझिएपछि भोटिङ गरिएको थियो । बहुमत सदस्यले ज्याला बढाउनुपर्ने पक्षमा मत खसालेका थिए ।

मतपरिणाम पछि परिषद्का अध्यक्ष पार्क जोन सोङले २०१७ मा कामदारको तलव ७.३ प्रतिशतले वृद्धि गरिने जानकारी दिए। पारित भएको तलब बढाउने प्रस्तवमाथि अब उजुरीहरुको सुनुवाइ हुनेछ । त्यसपछि मन्त्रिपरिषदले पारित गरेर आउँदो जनवरीबाट नयाँ पारिश्रमिक दर कार्यान्वयनमा जानेछ ।

कोरियामा वर्षपच्छिे तलवमा वृद्धि हुँदै आएको छ । यसै वर्ष पनि त्यहाँ ८.१ प्रतिशत तलव बढेको थियो । तलव बढ्दा झण्डै ३३ लाख ६० हजार कामदार लाभान्वित हुने कोरियको श्रम मनत्रालयले जनाएको छ ।

कोरियामा मजदुर अधिकारकर्मीले प्रतिघण्टा १० हजार वन तलव कायम गर्न माग गर्दै आएका छन् । इपीएस प्रणलीमार्फत नेपालबाट झण्डै ३८ हजार नेपाली कोरियामा कार्यरत छन् । उनीहरु कृषि र उत्पादनमूलक क्षेत्रमा का गरिरहेका छन् । अबको वर्ष इपीएसमार्फत ३१ सय नेपाली कोरियन भाषा परीक्षा पास हुनेछन् । झण्डै ५७ हजारले भाषा परीक्षा दिएका छन् । परीक्षको नतिजा साउन ११ गते प्रकाशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment