Comments Add Comment

भारतलाई ५७ सय मेगावाट विद्युत बिक्री गर्ने नेपालको लक्ष्य

India-Flag२ साउन, काठमाडौं । भारतबाट ३ सय मेगावाट विद्युत आयत गरिरहेको सरकाले ५ वर्षभित्र उसैलाई ५ हजार ७ सय मेगावाट बिक्री गर्ने लक्ष्य लिएको छ ।

सरकारको तयारी र मुलुकमा सञ्चालीत आयोजनाहरुको अवस्था हेर्दा सरकारी योजना हावादारी सावित हुने निश्चितप्राय देखिएको छ ।

नेपालले सन् २०२१/२२ देखि ५ हजार ७ सय मेगावाट विद्युत बिक्री गर्ने लक्ष्य राखेको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

सन् १९९७ मा उर्जा व्यापार सम्झौता गरेर भारतलाई विजुली बेच्ने सपना देख्दै आएको नेपालको अबको २० वर्षभित्र २ सय ८३ जलविद्युत आयेजना निर्माण गरी २४ हजार ९ सय मेगावाट विजुली बिक्री गर्ने लक्ष्इ राखेको छ । पछिल्लो पटक उर्जा व्यापार सम्झौता कार्यान्वयनका लागि गठित सचिवस्तरीय संयन्त्रको हालै सम्पन्न बैठकबाट स्वीकृत अन्तरदेशीय प्रसारण्लाइनगुरुयोजना अनुसार विद्युत व्यापारको लक्ष्य राखिएको हो ।

जसअनुसार ५ वर्षपछिको वर्षको अफपिक आवर नेपालले आफूलाई बढी भएको ५ हजार ७ सय मेगावाट विजुली बिक्री गर्नेछ भने वर्षकै पिक आवरमा ४ हजार ५ सय र हिउँदको पिक आवरमा ५ सय मेगावाट बिजुली बेच्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment