Comments Add Comment

यस्तो हुनेछ एप्पलको आइफोन सेभेन (भिडियो सहित)

केही समयअघि यस्तो तस्वीर सार्वजनिक भएको थियो जसमा एप्ललको आगामी आइफोन सेभेनको नयाँ इयरपड देखाइएको थियो । अहिले फेरि एक भिडियो सार्वजनिक भएको छ । जसमा बजारमा आउन थालेको भनिएको एप्पलको आइफोन सेभेन देखाइएको छ ।

iphone7७ सेकेण्डको उक्त भिडियोमा आइफोन सेभेन दाबी गरिएको स्मार्टफोनको पछाडिको भाग देख्न सकिन्छ । भिडियोमा देखिने स्मार्टफोनको ब्याक प्यानल हेर्दा यसअघि आइफोन सेभेनका भनिएका तस्वीरसँग मिल्दो जुल्दो लाग्दछ ।

भिडियोमा देखिएको आइफोन सेभेन दाबी गरिएको स्मार्टफोनमा ठूलो ब्याक क्यामरा देखिन्छ । जसमा एल इ डी फ्लास रहेकेा छ । किनारामा एन्टेना लाइन्स देख्न सकिन्छ ।

३.५ एम एम हेडफोन ज्याक पनि देख्न सकिन्छ । आइफोन सेभेनमा ४.७ इन्चको डिस्प्ले रहने बताइएको छ । सँगै एप्लले ५.५ इन्चका थप दुइ आइफोन सेभेन भेरिएन्ट्स पनि ल्याउने बताइउको छ । जसमा आइफोन सेभेन प्लस र आइफोन प्रो हुनेछन् । आइफोनको नयाँ स्मार्टफोनमा पनि थ्री डी टच टेक्नोलोजी हुनेछ ।

आइफोन सेभेनमा ए १० प्रोसेसर, २ जिबी र्याम रहनेछ भने आइफोन सेभेन प्लस र प्रोमा ४ जिबीको र्याम हुनेछ । चिनिया माइक्रोब्लगिड साइट विबोमा आइफोन सेभेनको मूल्य समेत सार्वजनिक गरिएको छ । जस अनुसार आइफोन सेभेनको ३२ जिबी भेरिएन्टको मूूल्य ५२८८ युआन, ६४ जिबीको ६०८८ युआन र २५६ जिबीको ७०८८ युआन पर्नेछ ।

आइफोन सेभेन प्लस तथा प्रोको ३२ जिबी भेरिएन्टको मूल्य क्रमशः ६०८८ युआन र ७०८८ युआन पर्ने दाबी विबोले गरेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment