Comments Add Comment

रोजाइमा मोबाइल इन्टरनेट, एक वर्षमा थपिए २० लाख ग्राहक

मोबाइल इन्टरनेट प्रयोगकर्ता ९५.९१ प्रतिशत

Mobile-Internet

३ साउन, काठमाडौं । नेपालीहरु इन्टरनेट चलाउन मोबाइल डाटामा बढी भर पर्न थालेको देखिएको छ । मोबाइलबाट इन्टरनेट चलाउने नेपाली ह्वात्तै बढेको नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांकले देखाउँछ ।

फागुन मसान्तसम्म नेपालमा इन्टरनेट चलाउने कुल ग्राहक १ करोड २८ लाख १९ हजार पुगेका छन् । जसमध्ये मोबाइलबाट इन्टरनेट चलाउने ग्राहकहरु १ करोड २२ लाख ९५ हजार रहेका छन् । जुन कुल इन्टरनेट प्रयोगकर्ताको ९५.९१ प्रतिशत हुन आउँछ ।

नेपालमा मोबाइल डाटा चलाउने तिब्र रुपमा बढिरहेका छन् । तर, अन्य इन्टरनेट सेवाका प्रयोगकर्ताहरुको वृद्धि घट्दो दरमा छ । धेरैजसो नेपालीको पहुँचमा स्मार्टफोन पुग्नु र मोबाइल डाटाको गुणस्तरमा व्यापक सुधार हुनु यसको प्रमुख कारण हो । अहिले मोबाइल सेवा प्रदायकले गाउँ गाउँसम्म थ्रिजी सेवा पु¥याइसकेका छन् ।

पछिल्लो एक वर्षमा मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या करीव २० लाखले बढेको छ । २०७१ फागुन महिनामा मोबाइलबा इन्टरनेट चलाउने १ करोड २ लाख ३३ हजार रहेको थियो । २०७२ फागुन महिनामा यो संख्या बढेर १ करोड २२ लाख ९५ हजार पुगेको छ ।

नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम कम्पनीले मोबाइलबाट डाटा सेवा उपलब्ध गराउँदै आएका छन् । मोबाइलबाट इन्टरनेट चलाउने सबैभन्दा बढी ग्राहक नेपाल टेलिकमका छन् । प्राधिकरणका अनुसार टेलिकमका ६९ लाख ११ हजार, एनसेलका ५२ लाख ८३ हजार र स्मार्ट टेलिकमका १ लाख १ हजार ग्राहक पुगेका छन् ।

नेपालमा विभिन्न कम्पनीले ८ प्रकारको इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । फागुन मसान्तसम्म नेपाल टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरुले उपलब्ध गराउँदै आएको डायलअप इन्टरनेट सेवाका ग्राहक ९ हजार ४ सय ४३ रहेका छन् । जबकी अघिल्लो फागनु मसान्तमा यो संख्या १० हजार ४ सय ५४ रहेको थियो । डायलअपका ग्राहकहरु पछिल्लो समय घटिरहेको तथ्यांकले देखाउँछ ।

वायरेलस मोडियम अप्टिकल फाइबर इथरनेटका ग्राहक ४७ हजार, केवल मोडियमका ८४ हजार, एडीएसलका १ लाख ६८ हजार, सिडिएमए इभिडियोका १ लाख ९९ हजार, वाइम्याक्सका साढे १४ हजार, भिस्याट बेष्ड इन्टरनेटका १३ जना ग्राहक रहेका छन् ।

नेपालमा एनसेल, नेपाल टेलिकम, युटिएल, स्मार्ट टेलिकम, एटिएम टेलिकम सञ्चार, अन्य इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरुले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment