Comments Add Comment

भैरहवामा देशमै सबैभन्दा बढी बर्षा, भोलि देखि सुधार हुने

Rain (2)

३ साउन, भैरहवा । रुपन्देहीमा विगत २४ घण्टा देखि लगातार बर्षाका कारण जनजिवन प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी भैरहवा क्षेत्रमा बर्षा भएको जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाले जनाएको छ ।

आइतबार देखि २४ घण्टाको अवधीमा भैरहवा क्षेत्रमा ४७ मिलिलिटर बर्षा भएको जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाका मौसमविद् समीर श्रेष्ठले बताए । ‘पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी भैरहवा क्षेत्रमा बर्षा भएको छ’, मौसमविद श्रेष्ठले अनलाइनखबरसँग भने, ‘तर भोली देखि भैरहवा ( पश्चिम) क्षेत्रको मौसमा सुधान आउने देखिएको छ ।’

उनले भंरसहवा क्षेत्रमा जुलाई महिनामा हुनुपर्ने बर्षाको ५० प्रतिशतमात्र बर्षा भएको बताए । भैरहवामा जुलाईमा औसत ५४५ दशमलव ६ मिलिलिटर वषर्ा हुने गर्छ । त्यस्तै गत जुन महिनामा औसतको ८३ प्रतिशत भैरहवा क्षेत्रमा बर्षा भएको थियो ।

गत वर्ष २०१५ को जुलाई महिनामा भैरहवामा १ सय १७ मिलिटर बर्षा भएको थियो । लगातारको वषर्ाको कारण तापक्रममा पनि कमी आएको छ । सोमबार बिहान भैरहवाको अधिकतम तापमान ३३ डिग्री सेल्सियस रह्यो भने न्युनतम तापमान २५ दशमलव ९ डिग्री सेल्सियस रह्यो ।

जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाका अनुसार यस वर्षको अपि्रल महिनामा भैरहवामा यस बर्षकै सबैभन्दा धेरै ४३ दशमलव २ डिग्री सेल्सियस तापमान मापन भएको थियो ।

भोलि देखि देशको पश्चिमी क्षेत्रको मौसममा सुधार आएपनि र पुर्वी क्षेत्रको मौसममा सुधान हुन समय लाग्ने जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाका मौसमविद् समीर श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment