Comments Add Comment

सरकारमा सहभागितासहितको विषयमा छलफल गर्न कांग्रेस बैठक

४ साउन, काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीति र पार्टीको आन्तरिक संगठनका विषयमा छलफल गर्न आज केन्द्रीय समिति बैठक बोलाएको छ ।

Congress-Flagनेकपा माओवादी केन्द्रसँग सत्तासाझेदारी गर्ने दुई दलीय सहमति मजबुद बनाउँदै नयाँ सरकार गठन प्रक्रिया मजबुत बनाउँदै नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा राय लिन कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

माओवादी नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमतिपछि उत्पन्न परिस्थिति सरकारमा सहभागितासहितको विषयमा बैठक छलफलमा हुनेछ ।

केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेका लागि कांग्रेसले बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवालाई पार्टीभित्र छलफल गरेर मात्र महत्वपूर्ण निर्णय लिन वरिष्ठ नेता रामचन्द्र पौडेले बताएलगत्तै कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।  पौडेलले पार्तीका सबै निकाय र सरकारमा आफ्नो पक्षको सम्मानजनक सहभागिता हुनुपर्नेमा जोड दिइरहेका छन् ।

संसदमा पेस भएको अविश्वास प्रश्ताव पारि गर्दै नयाँ सरका गठनलाई कसरी प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

महाधिवेशन भएको चार महिना बितदासमेत विधानअनुसार पार्टी चल्न नसकेको भन्दै आलोचना भइरहेका बेला देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment