Comments Add Comment

धनुषामा अवैध भारतीय सवारी साधनको संख्यामा बृद्धि

४ साउन,  जनकपुरधाम । धनुषामा पछिल्लो समय अवैध भारतीय सवारीसाधनको संख्यामा बृद्धि भएको छ । विकास निर्माण देखि सर्वसाधारणका यात्राका लागि अवैध भारतीय सवारीसाधन बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले निगरानी बढाएको छ ।

JCBप्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याईएको ३५ लाख मुल्य बराबरका माटो खन्ने जेसिबी प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्लाको ठेरा स्थित जलाद खोलाबाट बेबारिसे अवस्थामा उक्त मेसिन बरामद भएको ट्राफिक प्रहरी प्रमुख ज्ञानकुमार महतोले बताए । कुनै नम्बर उल्लेख नभएको जेबीसी करिब चार महिना अघि भारतबाट भन्सार छली गरी ल्याएको हुन सक्ने बताए ।

भन्सार छली गरी नेपाल भित्र्याईएको सवारीसाधन फेला परेपछि प्रहरी भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि निगरानी बढाएको छ । प्रहरीले चेकजाँच बढाएसंगै भारतबाट भन्सार छली ल्याएको , भण्सार फेल भएको तथा कागजातसमेत नमिलेको गाडीहरु फेला पर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तारापट्टी सिरसियाबाट कागजात नमिलेको र गलत चेचीस नम्बर भएको र्यानो जीप फेला परेको उनले बताए । बरामद भएको दुई वटै गाडीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भारतीय नम्बर प्लेटको कुनै पनि सवारी साधन दैनिक रुपमा भन्सार तिरेपनि वर्षमा बढीमा ३० दिन मात्र नेपालमा राख्न सक्ने प्रावधान छ । तर धनुषामा भन्सार कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा एउटै सवारी धनी वर्षोदेखि भारतीय गाडी चलाउदै आइरहेको पाईएको उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment