Comments Add Comment

ताप्लेजुङमा १८ करोड बढी रकम फ्रिज

nepali_rupees५ साउन, ताप्लेजुङ । ताप्लेजुङमा आर्थिक वर्ष २०७२/०७३ मा साढे अठार करोड रुपैयाँ बढी बजेट फ्रिज भएको छ । विकास लगायतको सिर्षकमा एक आर्थिक वर्षका लागि जिल्लालाई प्राप्त सो बजेट समयसिमा भित्र खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय ताप्लेजुङले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा पूँजीगत र चालू दुर्वतर्फ प्राप्त कुल रकम दुई अर्व ४७ करोड ६८ लाख ६० हजार छ सय ५७ रुपियाँ मध्ये १८ करोड ५३ लाख २९ हजार ३६ रुपियाँ बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल मातृकाप्रसाद नेपालले बताए ।

पूँजीगत तर्फ कुल रकम ६१ करोड ९५ लाख २३ हजार चार सय ९२ रुपियाँ आएकोमा ५३ करोड २५ लाख ७५ हजार एक सय १३ रुपियाँ मात्र खर्च भएको नेपालको भनाई छ । त्यस्तै चालु तर्फको कुल रकम एक अर्व ८५ करोड ७३ लाख ३७ हजार एक सय ६५ रुपियाँ मध्ये एक अर्व ७५ करोड ८९ लाख ५६ हजार पाँच सय आठ रुपियाँ खर्च भएको छ ।

पूँजीगत तर्फ भने कुल रकम ६१ करोड ९५ लाख २३ हजार चार सय ९२ रुपियाँ स्वीकृत भई आएकोमा ५३ करोड २५ लाख ७५ हजार एक सय १३ रुपियाँ मात्र खर्च भएको छ । त्यस्तै चालु तर्फको कुल रकम एक अर्व ८५ करोड ७३ लाख ३७ हजार एक सय ६५ रुपियाँ मध्ये एक अर्व ७५ करोड ८९ लाख ५६ हजार पाँच सय आठ रुपियाँ खर्च भएको कार्यालयको तथ्याङ्कमा देखिएको छ । यस तथ्याङ्क अनुसार पूँजीगतको आठ करोड ६९ लाख ४८ हजार तीन सय ७९ रुपियाँ र चालुतर्फको नौ करोड ८३ लाख ८० हजार छ सय ५७ रुपियाँ रकम खर्च हुन सकेको छैन ।

विकासे कार्यालयको रकम सबै भन्दा बढी फ्रिज
गत आर्थिक वर्षमा सबै भन्दा बढि जिल्ला विकास समितिको कार्यालय र उत्तर दक्षिण -ताप्लेजुङ ओलाङ्चुङगोला खण्ड) लोकमार्ग आयोजना कार्यालयको रकम फ्रिजभएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका प्रमुख बीरबहादुर श्रेष्ठका अनुसार जिल्ला विकास समितिको ३ करोड ८९ लाख चार हजार आठ सय ९० रुपियाँ र लोकमार्ग आयोजना कार्यालयको दुई करोड ६९ लाख २५ हजार चार सय ४९ रुपियाँ बजेट पि|mज भएको हो ।

विकास निर्माणका बढि काम गर्ने यी दुई कार्यालय पछि घरेलु, सिंचाइ विकास डिभिजन, जिल्ला शिक्षा, ताप्लेजुङ नगरपालिका, जिल्ला प्राविधिक कार्यालयहरु ठुलो बजेट रकम खर्च गर्न नसक्ने सुचिमा रहेका छन् । अधिकाँस कार्यालयका लागि एकमुष्ट रकम आउने र सो रकम तलब भत्तामा खर्च भइ बचेको रकम खर्च नभइ फिर्ता भएको देखिएको प्रमुख श्रेष्ठले बताए ।

दरबन्दी नहुनु पनि खर्च गर्न नसक्नुको मुख्य समस्या

ताप्लेजुङका अधिकाँस विकासे कार्यालयमा तोकिए अनुसारको काम गर्ने कर्मचारी नहुँदा वर्षेनी विकास निर्माणका लागि आएको ठुलो रकम फ्रिज हुने गरेको पाईएको छ ।

जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्राविधिक कार्यालय, घरेलु लगायतका कार्यालयमा दरबन्दि अनुसारको कर्मचारी नभएकाले पनि आएको बजेटलाई समयमा खर्च गर्न नसकिएको संबन्धित कार्यालयका प्रमुखहरुले बताएका छन् ।

बजेट अनुसार काम गर्न कमचारी पनि छैनन् ठेकेदार र उपभोक्ता समितिले पनि समयमा काम गदैनन् सोहि कारणले जिल्लामा वर्षेनि बढि रकम फ्रिज हुन्छ कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख श्रेष्ठले बताए ।

“ठुलो समस्या कर्मचारी अभावनै हो, केही कार्यक्रम ढिलागरी स्वीकृत भई आउने गरेकाले पनि फ्रिज हुने रकम बढेको छ” श्रेष्ठले भने । यो वर्ष आर्थिक वर्षको अन्त्यमा पनि अर्थात असार महिनामा पनि ठुलो बजेट आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment