Comments Add Comment

यस्तो पनिः रजनीकान्तको फिल्म हेर्नका लागि कर्मचारीलाई छुट्टी

rajanikanta in kabali
जब भारतको चेन्नई र ब्याङलौर लगायतका केही शहरका कर्मचारीले जुलाई २२ अर्थात आउँदो शुक्रबार कार्यलय नआउने भन्दै बिदाको माग गरे, धेरै कम्पनीले सार्वजनिक सूचना निकालेरै छुट्टी दिए । उनीहरुले विशेष बिदाको घोषणा गरेका छन् ।

उनीहरुले बिदा दिनुको एउटै कारण थियो, साउथका सुपरस्टार रजनीकान्त अभिनित चलचित्र ‘कबाली’को प्रदर्शन । कर्मचारीहरुले रजनीकान्तको चलचित्र पहिलो दिन फस्ट शो हेर्ने भन्दै आफू कार्यरत कार्यलयमा बिदाको माग गरेका थिए । धेरैले बिरामी बिदा लिने अड्डी कसे त कसैले मोबाइल अफर गरेर कार्यलय नै नआउने बताए ।

यसपछि, कर्मचारीहरुको मागलाई ध्यान राख्दै कम्पनीले सुपरस्टार रजनीकान्तको चलचित्र रिलिज हुने भएकाले शुक्रबार विशेष बिदा दिएको सुचना जारी गरे ।
साउथ सुपरस्टार रजनीकान्तको क्रेज दक्षिण भारतमा कती छ भन्ने पुष्टी गर्न यो भन्दा अरु उदाहरण चाहिदैन । ग्याङस्टारको कथामा बनेको यो चलचित्रले अहिले भारतमा मात्र नभएर विश्वभर नै दर्शकको ध्यान खिचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment