Comments Add Comment

डा. शशांक घर फर्किए, सुपात्रालाई धन्यवाद

shashanka५ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १४ दिन अस्पताल बसाईपछि बुधबार घर फर्किएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि उनी असार २२ मा चाबहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । तर, राति उनी अचेत भए ।
उनलाई निमोनिया भएको र संक्रमण रगतमार्फत शरीरको सबै भागमा फैलिएपछि स्वास्थ्य गम्भीर भएको थियो । अहिले उनी स्वस्थ्य भएका छन् र बुधबार विहान ९ः३० बजे डिस्चार्ज भएका छन् ।

अस्पतालबाट निस्कने क्रममा कांग्रेस महामन्त्री कोइरालाले हात हल्लाए । तर, केही प्रतिक्रिया दिएनन् ।

चिकित्सकहरुले उनलाई केही समय आराम गर्न र सार्वजनिक कार्यक्रमहरु नजान सुझाव दिएका छन् । ओम अस्पतालका प्रमुख भोला रिजालले कोइरालालाई केही दिन आराम चाहिने बताए ।

निकै खुसी देखिएका उनले भने, सुपात्रालाई धन्यवाद ।’ पेशाले चिकित्सक सुपात्रा डा. शशांककी पत्नी हुन् । उनी ओम अस्पतालमा नै कार्यरत छिन् र शशांकको उपचारमा संलग्न रहिन् ।

कोइरालाको स्वास्थ्य गम्भीर बनेपछि कांग्रेस सभापति शेरबहादुुर देउवा लगायतले भारत लैजान चाहेपनि सुपात्राले रोकेकी थिइन् । उनले नेपालमै उपचार सम्भव छ भनेर भारत नलैजाने निर्णय सुनाएपछि कोइरालाको ओम अस्पतालमा नै उपचार भएको थियो ।

कोइरालाको उपचारमा नेपालमा उपलब्ध विशेषज्ञ डाक्टरहरुको समेत संलग्नता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment