Comments Add Comment

चुनावको पूर्वसन्ध्यामा एमाले वकिल बिभाजित

Shantiram-Bhadari-and-Major-Tha[a
शान्तिराम खतिवडा र मेजर थापा (बायाँबाट)

५ साउन, काठमाडौं । पुनरावेदन बारको चुनावको पूर्वसन्ध्यामा नेकपा एमाले सम्बद्ध वकिलहरु बिभाजित भएका छन् ।  एमाले निकट वकिलहरुको संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पिपिएलए) बिभाजित भएपछि दुई प्यानल खडा भएका छन् ।

पिपिएलएलले गठन गरेको संयन्त्रले शान्तिराम खतिवडा र मेजर थापामध्ये एकजना उम्मेदवार तोक्न नसकेपछि दुबै प्यानल खडा भएका हुन् । साउन ८ गते हुने पुनरावेदन बार पाटनको मतदानमा करिब २ हजार ५ सय मतदाता सहभागी छन् ।

पुनरावेदन बारमा हालसम्म एमाले निकट वकिलको एकल बर्चश्व रहँदै आएको छ । यसअघि रुद्र पोखरेललाई अध्यक्ष जिताउने बेलामा शान्तिराम खतिवडालाई यसपटक अध्यक्ष बनाउने सहमति भएको दावी गरिएको छ । तर सो सहमति विपरित केही व्यक्तिले मेजर थापालाई अघि सारेपछि एमाले निकट वकिलहरु बिभाजित भएका हुन् ।

उम्मेदवार मिलाउन गठित संयन्त्रले आधिकारिक उम्मेदवार तोक्न नसकेपछि सबैको सल्लाह र पार्टीको आदेश बमोजिम आफू अध्यक्षमा उठेको शान्तिराम खतिवडाले बताए । उनले आफू आधिकारिक उम्मेवार भएको दावी गरे ।

खतिवडाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर श्रेष्ठ, सचिव यशोदादेवी खरेल, सहसचिव सरस्वती शाह छन् । त्यस्तै कोषाध्यक्षमा राजु चापाईं र महिला सदस्यमा आरती श्रेष्ठ र रमिता महर्जन उठेका छन् ।

सदस्यका अन्य उम्मेदवारमा सरोज गिरी, मुकुन्द अधिकारी, अर्जुनप्रसाद घिमिरे, हरिचन्द्र तिम्सिना, राजकुमार राना मगर, पुन्यप्रसाद पाण्डे, शुभाषचन्द्र झा, जीवनकुमार पोखरेल, धिरेन्द्रकुमार शाह, मानकुमार श्रेष्ठ, भक्तिराम घिमिरे र दिलकुमार कार्की छन् ।

शान्तिराम खतिवडा प्यानलले नवराज थपलियाको संयोजकत्वमा पाँच सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । थपलिया पुनरावेदन बार कमिटी पिपिएलएका सचिव हुन् ।

थापा प्यानलमा को-को ?

अर्कोतिर एमालेकै मेजर थापा पक्षले आफ्नो प्यानल खडा गरेको छ । थापा प्यानलको उपाध्यक्षमा सेवन्तराज निरौला, सचिव ताराकुमार श्रेष्ठ, सहसचिव सिर्जना कँडेल र कोषाध्यक्ष गणेश दाहाल छन् ।

सदस्यमा योगिता राई, कविता कार्की, सिराताम राउत लगायत छन् । थापा पक्षको चुनाव परिचालन कमिटीको संयोजक सानुराजा पोखरेल छन् । दुबै पक्षले आ-आफूले जित्ने दावी गरेका छन् ।

खतिवडा एमाले पुराना र यसअघिनै अध्यक्षको दाबेदार भएकाले उनी बलियो उम्मेवार मानिएका छन् । सदस्य र अन्य पदमा मिश्रति परिणाम आउने तर जो जिते पनि एमाले निकटकै वकिलले जित्ने देखिएको छ । पुनरावेदन बारमा दुई तिहाई सदस्य एमाले निकट छन् ।

निर्वाचनमा कांग्रेस निकटबाट राजकुमार निरौला अध्यक्ष उठेका छन् भने माओवादीबाट नरबहादुर भुजेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment