६ साउन, सल्यान । सल्यान कुपिण्डे ४ ज्यामिरेमा बोक्सी भगाउन भन्दै एक महिलालाई दिसा खुवाइएको छ ।
कुपिण्डे गाउँ विकास समिति वडा ५ अधेरीकी २० वर्षीया सेती परियारलाई क्रिश्चियन धर्म अवलम्वन गरेका पावल भनिने डल्लु सुनारले सिस्नोपानीले मरणासन्नहुने गरी यातना दिई दिसा खुवाएका हुन् ।
पेट दुखेपछि चर्चमा पुगेकी परियारलाई सुनारले बोक्सी लागेको भन्दै यातना दिएको स्थानीय विष्णु नेपालीले जानकारी दिए । जेठ २३ गते नै घटना भएपनि सार्वजनिक भने गरिएको थिएन ।
भूत लागेको भन्दै दिशा खुवाएपछि पीडित परियारको मानसिक सन्तुलन विगि्रएको बुवा शितल परियारले जानकारी दिए ।
चर्चमा उपस्थितहरुले परियारलाई यातना नदिन आग्रह गरेपनि पावलले मानेनन् । उनले घटना सार्वजनिक गरे परियारलाई जस्तै यातना दिने भन्दै धम्काएका थिए ।