Comments Add Comment

अष्ट्रेलिया र नेपालमा एकसाथ चल्दैछ ‘चपली हाइट २’, उठिसक्यो लगानी

aausman and paramita
चलचित्रको ब्रान्ड बनाउन सकेको खण्डमा निर्मातालाई राम्रो रकम फाइदा हुन्छ भन्ने उदाहरण पछिल्ला केही चलचित्रले देखाएका छन् । अहिले नेपालकै वितरण कम्पनीहरु चलचित्रलाई फिक्समा किन्न र एमजी दिन अगाडि दिएका छन् । यस्तै, विभिन्न भीसीडी कम्पनीहरुले युटुब, भीसीडी राइट्सदेखि ओभरसिज अधिकार पनि खरिद गर्न थालेका छन् । जसकाकारण नेपाली चलचित्रका केही निर्माता चलचित्र प्रदर्शन अगावै नाफामा जान थालेका छन् ।

भदौ २ गतेबाट रिलिज हुने चलचित्र ‘चपली हाइट २’ पनि नाफामा छ । यसको युटुब, भीसीडी र ओभरसिज राइट्स हाइलाइट्स नेपालले खरिद गरेको हो । यस्तै, काठमाण्डौ बाहिर पनि चलचित्र विक्री भैसकेको छ ।

निर्माता अर्जुन कुमारले चलचित्रबाट आफू नाफामा गैसकेको बताए । यो चलचित्रलाई अष्ट्रेलियाको अधिकार नेपालय इभेन्टस्ले लिएको छ । भदौ २ गते नै यो चलचित्र अष्ट्रेलियामा चल्नेछ । चलचित्र प्रदर्शनको समयमा निर्माता अर्जुन कुमार र निर्देशक दीपेन्द्र के खनाल अष्ट्रेलिया जानेछन् ।

आयुष्मान देसराज जोशी, परमिता आरएल राणा, मरिष्का पोख्रेलको मुख्य भूमिका रहेको यो चलचित्रले प्रेम, रोमान्स, धोका र सस्पेन्सको कथा भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment