Comments Add Comment

संसद बैठक बस्दै, सहमति जुटाउन दलहरु प्रयासरत

Samsad७ साउन, काठमाडौं । बजेट वा अविश्वासको प्रस्ताव मध्ये संसदमा कुन विषयमा पहिला छलफल गर्ने भन्नेमा दलहरुबीच  कुरा मिल्न नसक्दा बिहीबार संसदको बैठक बस्न सकेन । र, आज २ बजेका लागि बैठक बोलाइएको छ ।

३१ असारमा स्थगित बैठक ६ साउनका लागि बोलाइएको थियो । दलबीच सहमति नबनेपछि बिहीबार बिहान ११ बजेको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । दलहरूले छलफलको समय मागेपछि सभामुख ओनसरी घर्तीले शुक्रबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।

सभामुख ओनसरी घर्ती पहलमा बिहीबार प्रमुख दलहरुबीच बैठक बसेपनि कुने निर्णय हुन सकेन । आज बस्ने संसद बैठक पूर्व दलहरु सममतिमा पुग्नका लागि कांग्रेस नेता रामचन्द्र पौडेले राखेको नयाँ प्रस्तावमा केन्दि्रत रहेका छन् । पार्टी भित्र आन्तरिक छलफलपछि प्रमुख दलहरुबीच अपरान्ह बैठक बस्दैछ ।

बिहीबारको बैठकमा कांग्रेस नेता पौडेलले विवाद समाधानका लागि नयाँ प्रस्ताव गरे । उनले  बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव गरेका छन् ।

पाैडेलको प्रस्तावमा सत्ता नेतृत्व गरेको दल नेकपा एमाले सकारात्क रहेको प्रमुख सचेतक भानुभक्त ढकालले बताए । उनले भने,’ रामचन्द्रजीको प्रस्ताव रचनात्मक छ, दलहरूबीच आपसी अविश्वास पैदा भइरहेका वेलामा अगाडि सारिएको प्रस्ताव सकारात्मक छ । समस्या समाधानका लागि यो एउटा विकल्प हुन सक्छ ।’

संविधान कार्यान्वयनलाई अगाडि बढाउन प्याकेजमै सहमति गर्ने पौडेलको प्रस्तावमा दलहरुले आन्तरिक छलफल गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment