Comments Add Comment

माधव नेपालले संसदमा भने- मलाई एमालेसँग पनि चित्त बुझेको छैन

madhav nepal८ साउन, काठमाडौं ।  नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदको रोष्टममा उभिएर आफ्नै पार्टी एमालेको आलोचना गरेका छन् । उनले सरकार संस्थागत रुपमा नभई गुटबाट सञ्चालन भएको गुनासो गरे ।

व्यवस्थापिका संसदको शनिबारको बैठकमा बोल्दै नेता नेपालले सबै पार्टीहरुमा गुटबन्दी हावी भएको भन्दै आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गरे ।

नेता नेपालले अहिले राष्ट्रिय सहमतिको आवश्यकता भएको भन्दै सरकारबाट बाहिरिने माओवादीको निर्णयलाई दुभाग्यपूर्ण भएको बताए ।

नेता नेपालले भने अब बढी भयो, पुरानो कुरा स्टप गरौं नयाा कुराको थालनी गरौं ।

नेता नेपालले भने,’अहिले देशमा पार्टीकरणमात्रै होइन, गुटकरण भएको छ । सरकारले पनि यस्तो गरेको छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment