Comments Add Comment

एनआरएनका छोराछोरीलाई नेपालबारे शिक्षा दिइने

काठमाडौं । गैरआवासीय नेपालीका सन्तानहरुले नेपाली संस्कृति र भेषभूष बिर्षन थालेको गुनासो बढेपछि गैरआवासीय नेपाली संघ एनआरएनले एनआरएनका सन्तानलाई नेपालबारे शिक्षा प्रदान गर्न कार्यदल गठन गरेको छ ।

NRNA-uaeकार्यदलले विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीका सन्तानलाई नेपालबारे शिक्षा दिने तथा जानकारीमूलक सामाग्रीहरु प्रदर्शन गर्नेछ ।

ग्ररआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा साहित्य प्रवर्दन उपकार्यदलका संयोजक विश्वासदीप तिगेलालाई यस कार्यदलको पनि संयोजक चयन गरिएको छ ।

कार्यदलका सदस्यहरुमा नीलम कार्की निहारिका (अमेरिका), डा. लेखनाथ काफ्ले (ताइवान), केदार सुनुवार संकेत (युके), चन्द्र मादेन (हङकङ), प्रतिमा केसी (युके), अमित राई (कुवेत), राजकुमार दिक्पाल (पोर्चुगल), राम लामा (युएसए) र प्रदिप थापामगर (युएसए) र एनआरएन युके राष्ट्रिय समन्वय परिषद मातहतमा गठन भएको भाषा तथा साहित्य विभागको प्रतिनिधित्व गर्दै लक्ष्मी राई लारा रहेका छन् । कार्यदलका सल्लाहकारहरुमा अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने र महासचिव डा. बद्री केसी चयन भएका छन् ।

संयोजक तिगेलाले नेपाली साहित्यलाई चाइनीज, तिब्बेतियन, अरबिक र अंग्रेजीमा अनुवाद, गैर आवासिय नेपाली सन्तानका लागि नेपालबारे जानकारी दिने र नैतिक शिक्षा दिने कार्टुन निर्माण लगायतमा ध्यान केन्द्रित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment