Comments Add Comment

संसद बैठक मंगलबार बस्ने गरी स्थगित

Parliament-Building of Nepal

९ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले मंगलबार बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिएकी हुन् ।

आगामी बैठकमा संभवतः नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा गरेकाले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुन लागेको हो ।

आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा जवाफको अन्त्यमा प्रधानमन्त्री ओलीले राजीनामा दिएको घोषणा गरेप्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ ।

नयाँ प्रधानमन्त्री चयन नहुन्जेल ओलीले कामचलाउ प्रधानमन्त्रीको रुपमा काम गर्नेछन् ।

उनले पदबाट राजीनामा दिएकाले अविश्वासको प्रस्तावमा भोटिङ गर्नु परेन । कांग्रेस, माओवादीसहित दुई सय ८१ सांसदहरुले ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment