Comments Add Comment

सहमतीय सरकारका लागि राष्ट्रपतिले आह्वान गर्ने

Bidhya-Bhandari

१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दलहरुलाई सहमतीय सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ ।

प्रधानमन्त्रीले राजिनामा दिएर नयाँ सरकार पठनको संवैधानिक बाधा अड्काउ फुकाउन सिफारिससमेत गरिसकेको अवस्थामा राष्ट्रपतिबाट सहमतीय सरकारको आह्वान गर्न लागिएको स्रोतले जनाएको छ ।

बाधा अड्काउ फुकाउका लागि मन्त्रिपरिषदले सिफारिस गरिसकेको र प्रधानमन्त्रीले राजिनामा दिइसकेको अवस्थामा आजै सहमतीय सरकारको आह्वान हुने सम्भावना रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बताए ।

राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि बढीमा सात दिनको समय दिने स्रोतले जनाएको छ । दलहरुबीच सहमतीय सरकार गठन नहुने प्रष्ट भए पनि संवैधानिक प्रचलन र परम्पराअनुसार यो कदम चाल्नुपर्ने अवस्था रहेको हो ।

निर्धारित अवधिमा सहमतीय सरकार गठन नभए राष्ट्रपतिले बहुमतीय प्रक्रियामा जान संसदलाई पत्र पठाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment