Comments Add Comment

सुरेश र क्रिस्टिनाको ‘पिरतीको फूल फूलेपछि’

music video
‘दृश्य २’ एल्बम लिएर गायक सुमन श्रेष्ठ’संगम’ श्रोता तथा दर्शकमाझ आएका छन् । यो एल्बममा समावेश ‘पिरतिको फूलै फूल्यो’ बोलको गीतको म्यूजिक भिडियो पनि निर्माण भैसकेको छ । सुमनलाई गायनमा नोभा लिम्बुले साथ दिएकी छिन् ।

यो गीतमा शंकर अधिकारीको शब्द, ओम प्रकाश राइको संगीत छ । यो म्यूजिक भिडियोलाई सुरेश कार्कीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा निर्देशक कार्कीले नै मोडल क्रिस्टिना थापासँग रोमान्स गरेका छन् । ज्ञानेन्द्र शर्माले यो भिडियो खिचेका हुन् ।

आफ्ना गीतमा तयार भएका भिडियोमध्ये यसलाई गायक श्रेष्ठले उत्कृष्ट भएको प्रतिक्रिया दिए । गायक श्रेष्ठले यसअगाडि ‘सुमन’ एल्बम बजारमा ल्याएका थिए । उनले आवाज भरेका ‘एक नजर तिमीले, ‘दृश्य’ एल्बममा समावेश ‘झ्याई पार्ने सुर, गरिदेउ काम नेताहरु’ लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment