Comments Add Comment

एक किलोमिटर सडकमा हिड्न एक घण्टा

road_taplejung

१२ साउन, ताप्लेजुङ । कालोपत्रे सडक कच्चीमा परिणतहुँदा ताप्लेजुङ सदरमुकामका स्थानीयले सास्ती पाएका छन् ।

सडक कालोपत्रे गरिएको दुई वर्ष नबित्दै कच्चीमा परिणत भएको सडक सामान्य वर्षा हुनासाथ हिलाम्ये हुने गरेको हो । सडक हिलाम्मे भएपछि सवारी आवागमनमा समस्या भएको छ भने एक किलोमिटर सडक हिडेर पार गर्न एक घण्टासम्म लाग्ने गरेको स्थानीयले बताएका छन् ।

मेची राजमार्ग अन्तर्गत पर्ने ताप्लेजुङ सदरमुकाम फुङ्लिङबजारको तोक्मेदेखि पराजुली चौकसम्मको सडक हिलाम्मे अवस्थामा छ । सडक खाल्डाखुल्डी र हिलाम्मे भएपछि सवारी सञ्चालनमा समस्या भएको सवारी चालक बताउँछन् ।

पहिले बनाईएको पक्कि सडकमा घर निर्मार्ण गर्दा फालिएको माटो र ढल पस्दा भत्किएर कच्ची भएको छ भने केहि भाग नेपाल टेलिकमले अपटिकल फाईबर विच्छाउन सडक खन्दा कालोपत्रे सडक कच्चीमा परिणत भएको स्थानियले बताए ।

नेपाल टेलिकमले सडक विभागलाई सडकको क्षतिपुर्ति स्वरुप २३ लाख रुपैयाँ दिए पनि सडक विभागले पुन मर्मत गरेको छैन भने सडकमा घर निर्माण गर्दा स्थानीयले फालेको माटो समेत नपन्छाउँदा सडक हिलाम्मे बनेको सदरमुकामबासीको भनाइ छ । यता सडक विभागले भने हिउँद लागेपछि मात्र सडक निर्माण गर्ने बताउँदै आएको छ ।

बजारभित्रको तोक्मे, शान्तिटोल, न्यूरोड, पूरानो बैङ्कलाइन सडकखण्ड सबैभन्दा बढी हिलाम्मे अवस्थामा छ । यस क्षेत्रमा दुई पाङ्ग्रे र स-साना चारपाङ्ग्रे सवारी साधनलाई सडक पार गर्नलाई समस्या रहेको छ । यस्तै यस सडकखण्डको दायाँ बायाँ किनारामा हिँडडुल गर्ने पैदलयात्रीलाई समेत समस्या भएको स्थानीय सञ्जय पतंवा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment