Comments Add Comment

एघार वर्षकी किशोरीको ३००० किलोमिटरको यूरोप यात्रा

israa_syrian_refugee_girl

काठमाडौं । एघार वर्षकी इसराले सिरियामा आफ्नो घर क्षति भएसँगै परिवारसँग ३ हजार किलोमिटरको यात्रा मार्फत पूरै यूरोप पार गर्दै जर्मनी पुगेकी छन् ।

यात्रामा उनले निकै कष्ट पाइन् । लामो दूरी उनले पैदल पूरा गरिन् भने आफ्नी अपाङ्ग बहिनीलाई हृविलचियरमा डोर्‍याइन् ।
उनी भन्छिन्, ‘मैले पुरै यूरोप पार गरेँ, ताकी म स्कुल जान सकुँ ।’

इसरा सिरियाको अलेप्पो शहरमा बस्ने गर्थिन् । उनी भन्छिन्, ‘एक दिन हाम्रो घरमा एक मिसाइल खस्यो र सबै बर्बाद भयो ।’

उनी जस्तै लाखौं परिवार सिरिया छाडेर यूरोपका देशमा शरण लिनको लागि जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । इसरा भन्छिन्, ‘हामी जब उहाँबाट निक्लियौ, हामी एक्लै थियौ । लामो यात्रा गर्दा एक्लो परिवार हुनुभन्दा ठूलो समूह हुँदा राम्रो हो । तर, हामीले हिम्मत हारेनौं, एक अर्कालाई साथ दियौं ।’

इसराका बुबा तारिक बताउँछन्, ‘मेरा सबै बच्चा स्वस्थ्य छन्, शहिद शारीरिक एवं मानसिक रुपमा असक्षम छिन् । उनी केही गर्न सक्दिनन् । म आफ्नो जीवन त्याग गर्न सक्छु ।’

इसारा भन्छिन्, ‘यात्राका बीच मलाई हामी काहाँ थियौं भन्ने थाहा थिएन । हामी कहिले रेल चढ्थ्यौ त कहिले बस ।’ उनले भनिन्, ‘बस चढेको समय एक स्थानमा बस बिगि्रयो, हामी पैदल हिड्यौं ।’

उक्त समयमा पानी परिरहेको थियो र उनीहरु पैदल हिडिरहेका थिए । इसरा भन्छिन्,’मलाई पैदल हिड्न मनपर्छ, त्यसमा पनि पानी परेको बेला अझ रमाइलो लाग्छ ।’ उनले थपिन्,’ हामीलाई एक किलोमिटर हिड्न भनिएको थियो तर, हामी दश किलोमिटर हिड्यौं ।’

israa_tarek

इसरा तथा उनको परिवार जब सर्बिया तथा क्रोएशियाको सीमा नजिक पुग्न लागेका थिए, त्यहाँ ठूलो भीड थियो । सीमा नाका बन्द थियो । र, निरन्तर वर्षा भइरहेको थियो ।

उनले टेन्ट फेला परेको बताइन् । जाडोबाट बच्न उनीहरुले आगो बालो । उनले भनिन्,’ दुई बच्चा चिसोले मरे ।’

मानिसको संख्या धेरै भएका कारण सीमा नाका बन्द गरिएको थियो । सीमा खुल्ने नखुल्ने केही थाहा थिए । यदि खुल्यो भने कहिले ?

इसराका बुबा तारिक भन्छन्, ‘मेरी छोरी निकै बहादुर र दायुलु छिन् । उनी सबैलाई माया गर्छिन् । र, चाहन्छिन् सबै सकुशल रहुन् ।’

यात्राका क्रममा पाएका दुख एवं संघर्ष सम्झदा इसराको आँखा रसाउँछन् ।  यात्रामा वर्षा तथा चिसोले कठिनाइपूर्ण दिन भएको थियो ।

पानी रोकिने अवस्थामा थिएन र, चिसो अत्याधिक बढेको थियो । आखिरमा सीमा नाकाको बाटो खुल्यो । मानिसहरुले पुनः यात्रा सुचारु गरे । बाटो दलदल पूर्ण थियो । मानिसलाई एक्लै यात्रा गर्न कठिनाई थियो । त्यसमा पनि शाहिदलाई हृविलचियरबाट उतार्नु उनीहरुलाई समस्या परेको थियो ।

israa_syrian_refugee_girl_who_trekked_across_europe

उनले हृविलचियर तान्नु आफ्ना लागि मुस्किलको काम भएको बताइन् ।  इसारा भन्छिन्, ‘स्लोवेनियामा धेरै मानिस थिए उनीहरु भुटेका खानेकुरा खाँदै थिए । हामीलाई अत्याधिक भोक लागेको थियो । त्यहाँ रगत जम्ने खालको चिसो थियो र मानिसहरु आगो बालेर रगतसञ्चार गर्ने कोशिस गरिरहेका थिए ।’

त्यहाँबाट इसराको परिवार अस्टि्रया पुग्यो । अस्टि्रया पुगेसँगै पैदल हिड्नुपर्ने समस्या सकिएको थियो । जब पत्ता लाग्यो कि अब यहाँबाट कुनै सीमा पार गर्न पर्नेछैन, सबैमा बच्चाको जस्तो खुशियाली छायो ।

सबैले एक स्वरमा भने,’ बस, अब हामी पुग्यौं, अब हामी हिड्नु पर्ने छैन ।’

यहाँबाट पूरा परिवार बसको यात्राबाट निस्कियो र त्यसपछि रेलबाट जर्मनी पुग्यौं । इसरा भन्छिन्, ‘जब हामी जर्मनी पुग्यौं, तब सबै खुशीले चिच्यायौं, गाउँन लाग्यौं ।’

ताकिर भन्छन्,’ यस यात्रामा हामीले धेरै सिक्यौं, सहास, मजबूती तथा सहन गर्ने क्षमता सिक्यौं ।’

आज इसराका पूरा परिवार जर्मनी पुगेको छ र बस्ने स्थानको अनुमतिको पर्खाइ गरिरहेको छ । तर, पनि आफ्नो संघर्ष र मुस्किल नसकिएको इसराको परिवार राम्रोसँग जान्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment