Comments Add Comment

नेपाल पर्यटन बोर्डको भारत लक्षित प्रचारात्मक अभियान सुरु

१२ साउन, काठमाडौं । भारतका मुख्य शहरहरुलाई लक्षित गरेर नेपाल पर्यटन बोर्डले गर्मी से बेहाल ? चलो नेपाल ! प्रवर्द्धनात्मक अभियान पुन शुरु गरेको छ । यो NTBअभियान यही साउन १० गतेदेखि सुरु भएको हो ।

गर्मी छल्न चाहने भारतीयका लागि नेपाल सही गन्तव्य हो । यी यथार्थलाई मध्यनजर गरेर बोर्डले यस्तो अभियान चलाएको हो । यो अभियानमा हालसम्म भारतीय नागरिकहरुको निकै उत्साहजनक सहभागिता देखिएको बोर्डको भनाई छ ।

हालसम्म करिब ७० हजारले मन पराएको र सोही नै संख्यामा हेरिएको र सयौंको हाराहारीमा शेयर पनि भइसकेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी यस किसिमका अभियान उद्गम बजार अनुसार प्रचार–प्रसारलाई तिब्रता दिइने बताउँछन् ।

बोर्डले सामाजिक सञ्जालहरु र वेभसाइट मार्फत नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्दै आइरहेको छ । आगामी दिनहरुमा पर्यटकहरुको पहुँच हुने अन्य माध्यमहरु मार्फत पनि प्रबद्र्धन कार्यक्रमलाई अगाडि बढाइने बताइएको छ ।

यस्तै सन्देश सहितको अभियान अप्रिल २०१६ मा भारतका केही शहरहरुमा सम्पन्न गरिएको थियो । यस अभियानलाई बोर्डको फेसबुक पेजमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment