Comments Add Comment

प्रस्तावित न्यायाधीशले भने-संविधान उत्कृष्ट होइन तर, पुनर्लेखन आवश्यक छैन

justic_sunai

१३ साउन, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. आनन्दमोहन भट्टराईले नेपालको संविधानमा सबैका मौलिक अधिकार समेटिएको भन्दै पुनर्लेखनको आबश्यकता नरहेको बताएका छन् ।

संसदीय सुनुवाई समितिमा बिहीबार  उपस्थित भएका भट्टराईले संविधानलाई थप परिमार्जित गर्दै लैजान नरोकिने बताए । फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले हरेक संविधानलाई उत्कृष्ट भन्ने न्यायाधीशले यसका नराम्रा पक्षका बारे बोल्नुपर्दैन ? भन्ने प्रश्न गरेका थिए ।

जवाफमा पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश रहेका भट्टराईले भने-यो संविधानलाई मैले उत्कृष्ट भनेको छैन, तर यसमा सबैका अधिकार समेटिएका छन् । पुनर्लेखन आवश्यक छैन, समयक्रममा परिमार्जित हुन्छ ।’

प्रस्तावित न्यायाधीश भट्टराईले नेपालको न्याय क्षेत्रमा धेरै सुधार हुने क्रममा रहेको धारणा राखेका छन् । उनले अदालतमा बिचौलियाको प्रभाप कमजोर पार्नका संसदले प्रस्तावित विभिन्न अदालतहरुको गठनमा सघाउनुपर्ने वताए ।

बिहीबार नै अर्का प्रस्ताबित न्यायाधीश वरिष्ठ अधिवक्ता अनिलकुमार सिन्हाको पनि सुनुवाई भएको छ भने सपना प्रधान मल्लको सुनुवाई अपरान्ह हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment