Comments Add Comment

६ छोरी, ४ नातिनातिनी तर छोराको आशामा १९ वर्षकी युवतीसँग बिहे

परम्परागत समाजमा छोरा पाउने आशामा मानिसहरुले के के सम्म गर्न सक्छन् भन्ने उदाहरण भारतका एक व्यक्तिले पेश गरेका छन् ।

wasgha shabभारतको कर्नाटकस्थित गंगावती तालुका क्षेत्रमा बस्ने बाशासाव नामका व्यक्तिले छोरा जन्माउनकै लागि ६ जना छोरीहरु तथा ४ जना नातिनातिनी हुँदाहुँदै एक १९ वर्षकी किशोरीलाई पत्नी बनाएर भित्राएका छन् ।

उनले बिहे गरेकी कान्छी श्रीमती उनकी छोरीको उमेरकी छिन् । अझ रोचक कुरा त के भने आफ्नो श्रीमानलाई छोरीको उमेरकी कान्छी श्रीमती भित्राउनका लागि बाशासाबकी जेठी श्रीमती हुसेनबीले सहयोग गरेकी हुन् ।

प्रहरीले बाल विवाहको अभियोगमा बाशासाबलाई पक्राउ गरेको छ र यसमा सहयोग गरेको अभियोगमा उनकी जेठी श्रीमतलाई पनि पक्रेको छ । ती किशोरी विहेको लागि राजी नभएपनि बाशासाबले उनका मामालाई २ हजार भारु दिएर दबाबमा पारी २ महिना पहिले नै रायचूर जिल्लाको लिंगासुगुरुमा गोप्य रुपमा बिहे गरेका बताइएको छ । किशोरीका बाबुआमा निकै गरीब थिए र दुइ छोरी मध्ये जेठी छोरीको पहिले नै विवाह भैसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment