Comments Add Comment

मोर्चा फकाउँदै कांग्रेस-माओवादी

Cong-mao-morchaकांग्रेस र माओवादी केन्द्रले नयाँ सरकारमा सहभागी हुन मधेसी मोर्चालाई आग्रह गरेका छन् ।

मोर्चाका नेताले भने सरकारमा सहभागिता र समर्थनका लागि सर्तहरू राखेका छन् । शनिबार बिहान कांग्रेस–माओवादी  र मोर्चाका नेताबीच छलफल भएको थियो ।

सरकारमै सहभागी भएर समस्या समाधान गर्न कांग्रेस–माओवादीका नेताले मार्चालाई आग्रह गरेका गरे । एक महिनामा सीमांकन विवाद टुंग्याउने प्रस्ताव मधेसी मोर्चासँगको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश सीमांकन विवाद एक महिनाभित्र टुंगो लगाउने बताएका थिए । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

एक महिनाभित्रै सीमांकन विवाद टुंग्याएर संविधान संशोधन विधेयक संसद्मा लैजानेगरी सहमति आवश्यक रहेको उनले बताए । तर, संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढाउन मोर्चा सरकारमा सहभागी हुनुपर्ने उनको भनाइ थियो। स्थानीय तहको संख्यामा सबै असहमत स्थानीय तह पुनर्संरचना आयोगले प्रस्ताव गरेको  पाँच सय ६५ स्थानीय तहको संख्यामा कांग्रेस, माओवादी केन्द्र र मोर्चाका नेताले असन्तुष्टि जनाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गाउापालिका संख्या कम बनाउन खोजेकामा असन्तुष्टि जनाएका थिए । स्थानीय तहमा शक्ति विकेन्द्रीकरणभन्दा केन्द्रीकरण गर्न लागिएको देउवाको आरोप थियो ।

प्रचण्डले स्थानीय तहको संख्या पुनर्विचार गर्न सकिने बताएका थिए । सहयोग गर्न प्रचण्डको आग्रह माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त बैठकमा दुई प्रस्ताव राखेका थिए । उनले बैठकमा विषय प्रवेश गराउादै सरकारमा सहभागी भएर सहयोग गर्न आग्रह गरेका थिए । माग सम्बोधन गर्दा मात्रैको ‘कन्डिसन’बारे पनि जवाफ मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment