Comments Add Comment

कांग्रेसमा चर्कियो विवाद

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा रहेका बेला नेपाली कांग्रेसभित्र गम्भिर विवाद देखिएको छ ।

Sherbahadur Deuwa-and-Ramchandra Paudelसभापति शेरबहादुर देउवाले आफूहरुलाई बाइपास गरी एकलौटी रुपमा अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कडा आपत्ति जनाएपछि कांग्रेसभित्रको विवाद सतहमा आएको हो ।

सभापति देउवाको कार्यशैलीप्रति आक्रोशित बनेको पौडेल पक्षधरले प्रधानमन्त्री निर्वाचनमा आवश्यक रणनीति तय गर्न भन्दै आफू पक्षधर केन्द्रीय सदस्यको भेला समेत बोलाएका छ ।

पटकपटक गरिएको आग्रह अस्वीकार गर्दै सभापति देउवा एक्लै हिडेपछि भेला बोलाउन बाध्य भएको पौडेल पक्षधरको भनाइ रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

पौडेल पक्षधर नेताहरुले सरकारको विषयमा निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ ।

सभापति देउवाको बूढानिलकण्ठस्थित निवासमै पुगेर पौडेल पक्षधरले धम्कीसहित बैठक बोलाउन सुझाव दिएका छन् ।  पौडेलसहित उनी पक्षधर नेताहरु सोमबार साँझ देउवा निवास पुगेका थिए ।  देउवा निवास जानुअघि पौडेल पक्षधर नेताहरुले अनामनगरस्थित सम्पर्क कार्यालयमा बैठक गरेका थिए ।

वैठकमा उनीहरुले पार्टी सभापतिलाई भेटेरै दबाब दिने निर्णय गरेका थिए ।

सरकारमा पठाउँदा आफूसँग अनिवार्य सहमति लिनुपर्ने अन्यथा परिणाम राम्रो नहुने चेतावनी वरिष्ठ नेता पौडेलले दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment