Comments Add Comment

रामचन्द्र पौडेल समूहको भेला, मन्त्रीमा ४० प्रतिशत भागवण्डा माग

ramchandra paudel

१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले छुट्टै भेला गरेर एकलौटी रुपमा अघि नबढ्न पार्टी सभापति शेरबहादुर देउवालाई चेतावनी दिएको छ ।

साथै प्रचण्ड सरकारमा पार्टीले पाउने आफ्नो समूहबाट ४० प्रतिशत हुनु पार्ने दाबी समेत गरेको छ ।

पौडेल समूहका केन्द्रीय सदस्यहरुको बैठक मंगलबार विहान अनामनगरमा बसेको थियो । कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताहरुको उपस्थितिमा भएको भेलाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेको छ ।

‘पार्टी सभापतिले कुनै पनि काम गर्दा पदाधिकारी र पार्टीमा सरसल्लाह गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो जोड छ’ भेलामा सहभागी एक केन्द्रीय सदस्यले भनेका छन् ।

भेलाले प्रचण्ड सरकारमा मन्त्री छनोट गर्दा ६०/४० को भागवण्डा हुनु पर्ने माग गरेको छ । नयाँ सरकारमा कांग्रेसले १३ वटा मन्त्रालय पाउने समझदारी भएको छ । यद्यपि सरकारमा सहभागी हुने दलहरु बढेमा एउटा घट्न सक्छ ।

पौडेल समूहले नयाँ सरकारमा पार्टीबाट मन्त्री बन्नेमा आफ्नो समूहबाट ४० प्रतिशत हुनु पर्ने माग गरेको एक नेताले बताए । नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ६०/४० हिजो पनि हुँदै आएको र अहिले पनि हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

भेलामा पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, आनन्द ढुंगाना, वलबहादुर केसी लगायतको सहभागिता रहेको थियो । महामन्त्री शशांक कोइराला उपचारपछि आराम गरिरहेका छन् भने नेतृ सुजता कोइराला अर्को मिटिङमा जानुछ भन्दै अनुपस्थित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment