Comments Add Comment

बाइसौँ विश्व आदिवासी दिवस मनाइने

dameni gurung१९ साउन, काठमाडौं । ‘पहिचान र अधिकारसहितको सङ्घीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ बाइसौँ विश्व आदिवासी दिवस नेपालमा मनाइने भएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद् सचिवालयले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उक्त दिवसका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

सो अवसरमा बाइसौँ आदिवासी दिवस मूल आयोजक समिति–२०७३ का संयोजक नगेन्द्रकुमार कुमालले नयाँ संविधानलाई सम्पूर्ण आदिवासी जनजातिको स्वामित्व ग्रहण गराउन आदिवासी जनजातिहरुसँग भएका सहमति सम्झौताको कार्यान्वयन गर्नुपर्ने माग राखे ।

यसैगरी, उहाँले राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताको कार्यान्वयन, आदिवासी जनजाति आयोगलाई अधिकारसम्पन्न संवैधानिक आयोगका रुपमा स्थापित गर्नुपर्ने र संविधान जारी गर्नेक्रममा भएका प्रतिबद्धताअनुसार संविधान संशोधनमार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले यही साउन २० देखि २९ गतेसम्म विभिन्न छलफल, अन्तरक्रिया, र्याली लगायतका कार्यक्रम गर्ने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment